काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको लोकन्थलीमा रहेको बाँस्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर भेटिएको छ। भक्तपुरका प्रहरी प्रवक्ता राजु पाण्डेका अनुसार बाँस्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेना गइरहेको छ।
बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको वम डिस्पोजल टिम जाँदै गरेको बताइएको छ। अहिले उक्त एरियामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
बाँस्कोटा मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।