काठमाडौं– अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेका डेन्जल डम्फ्रिजले देशका लागि तेस्राे गाेल गरेका छन्। अमेरिकाले गाेल फर्काएकाे ५ मिनेट भित्रै उनले गाेल गरेका हुन्।
डम्फ्रिजले ८१ मिनेटमा गाेल गरे। यसअघि उनले आफ्नाे टिमका लागि पहिलाे हाफमा २ गाेल गर्न डिपेइ र डेली ब्लाइन्डलाई माैका मिलाइदिएका थिए।
अमेरिकाका लागि सब्सच्युट खेलाडीकाे रुपमा प्रवेश गरेका हाजी राइटले ७६ मिनेटमा गाेल गरेका थिए।
नेदरल्याण्ड्सका लागि १० मिनेटमा डिपेइ र ४५ मिनेटमा ब्लाइन्डले गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।