काठमाडौं– स्याङ्जा– २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारी धनराज गुरुङले २ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
उनले प्रतिनिधि सभातर्फ नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालमाथि २ हजार ११७ मतको अग्रता लिएका हुन्।
गुरुङले २४ हजार २२७ मत प्राप्त गर्दा अर्यालले २२ हजार ११० मत पाएकी छिन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ७ हजार ६०२ मत ल्याएका छन्।
यसैगरी, प्रदेश सभा सदस्य २ (ख) मा पनि कांग्रेसका उम्मेदवानर महेश भट्टराईले ४१ मतको अग्रता लिएका छन्।
भट्टराईले १२ हजार २०१ मत ल्याउँदा एमालेका बुद्धिमान श्रेष्ठलेः१२ हजार २४२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।