काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम गरेका छन्।
नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङभन्दा २ हजार २३९ मतले पछाडि परेकी छन्। गुरुङले १५ हजार ८०५ मतसहित अग्रता लिइरहेका छन्। एमालेकी अर्यालले १३ हजार ५६६ मत प्राप्त गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।