काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।
प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम राखेका छन्। नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी माओवादीका कार्कीलाई पछ्याइरहेका छन्।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कार्कीले ५ हजार ३५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका शिवाकोटीले २ हजार ९२८ मत ल्याएका छन्। माओवादी कार्की एमालेका शिवाकोटीभन्दा २ हजार ७७ मतले अगाडि छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ५२ मत प्राप्त गरेका छन्।
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मंसिर ४ गते नै मतदान भएको थियो।
दोलखामा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए। कुल १ लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।