काठमाडौं- बलिउड स्टार अजय देवगन सुपरहिट फिल्म 'सिंघम' को तेस्रो संस्करण लिएर आउने भएका छन्। निर्देशक रोहित सेठ्ठीले अजयलाई लिएर सिंघमको तेस्रो संस्करण 'सिंघम अगेन' निर्माण गर्न लागेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।
यो फिल्म पनि सिंघमका अघिल्ला शृंखलाजस्तै एक्सनप्रधान हुने बताइएको छ। अजय पुन: एक पटक सिंघम प्रहरीको अवतारमा देखिनेछन्।
सिंघम अगेनको सुटिङ सन् २०२३ को अप्रिलमा सुरु हुने समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।