काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
माओवादी अध्यक्ष दाहाललाई भेट्न कांग्रेस सभापति खड्का बिहीबार दिउँसो दाहालनिवास खुमलटार पुगेका थिए।
दुईजनाबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा कुराकारी भएको खड्काको सचिवालयले जनाएको छ।
वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने विषयमा सघन छलफल भइरहेका बेला प्रचण्ड र देउवाका विश्वासपात्र खड्काबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा–२ र खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।