काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
धेरै संख्यामा जम्मा भएका सुकुम्बासीहरुले आफूहरुलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन्।
महानगरपालिकाले सोमबार सुकुम्बासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। महानगरपालिकाको कदमप्रति सुकुम्बासीहरुले प्रतिरोध गर्दा केही महानगरका प्रहरीहरु घाइतेसमेत भएका थिए।
नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्बासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नाराबाजी गरेका थिए।
उनीहरुले ‘सुकुम्बासी एक हौं, बालेन साह होसियार, सूचना आतंक बन्द गर’ लगायतका नाराबाजी गरेका थिए। ‘भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाविरुद्ध बृहत खबरदारी र्याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए।
सुकुम्बासी सम्वद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा बिरोध प्रदर्शन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।