काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख ८ हजार १६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मत गणना भइसकेको छ।
निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।