काठमाडौं– बाजुराको बूढीनन्दा नगरपालिका– ५ मा रोकिएको मतदान शनिबार सम्पन्न भएको छ।
कांग्रेस र एमालेका कार्यकर्ताका झपडका कारण मंसिर ४ मा निर्वाचक रोकिएको थियो।
निर्वाचन आयोगले पुन मंसिर १० मा निर्वाचन गर्ने निर्णय गरेको थियोे। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९९९ मतदाता रहेको मतादान केन्द्रमा ५९७ जनाले मतदान गरेका छन्। जसमा २८५ जना महिला र ३१२ पुरुषले मतदान गरेको जनाएको छ।
बाजुरामा मतदानमा झडपका कारण त्रिवेणीमा दुई जनाको मृत्यु भएको छ। जसका कारण मतगणना अझै सुरु हुन सकेको छैन।
विद्यार्थी नेता चेतन अयडीको कुटपिटबाट मृत्यु भएसँगै एमालेले मार्तडीस्थित सदरमुकाममा निरन्तर आन्दोलन गरिराखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।