काठमाडौं– सुनसरी–४ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछि परिरहेका छन्।
उनी नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग पछि परेका हुन्।
सरकारका प्रवक्तासमेत रहेका कार्की ५४७ मतले पछि परेका छन्।
सत्ता गठबन्धनको साथ पाएका कार्कीले १९ हजार १६२ मत ल्याएका छन्। यस्तै, एमालेका कुसियैतले १८ हजार ६१५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।