काठमाडौं– हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश सेयर र करसहित १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२औं साधारणसभा डाकेको छ। उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते बुधबार बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।