काठमाडौं– विश्वकप फुटबलमा पहिलो हाफ सकिँदासम्म इरान र वेल्सले गोलरहित बराबरी खेलेका छन्।
दुबै तर्फबाट केही मौका बने पनि गोल हुन सकेन। इरानका अली गोलिजाहेदले गोल गरे पनि भारले अफसाइड देखाएपछि रद्द भएको थियो।
समूह ‘बी’ रहेका यी दुई टोलीको खेल अहिले कतारको दोहास्थित बिन अली रंगशालामा भइरहेको छ।
पहिलो खेल वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो। इरान भने इंग्ल्याण्डसँग ४–२ गोलले पराजित भएको थियो।
अर्को चरण प्रवेश सहज बनाउन यी दुबै टोलीले जित्नै पर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।