काठमाडौं- शुक्रबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। निर्वाचनको समीक्षा गर्नका लागि बैठक बस्न लागेको हो।
निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धनको बैठकका लागि तुरुन्तै काठमाडौं जान लागेको बताए।
‘यहाँ सकेर तुरुन्तै काठमाडौं जाँदैछु। किनभने गठबन्धनको बैठक तुरुन्तै बस्नुपर्ने भएको छ’, उनले भने।
प्रचण्डले जस्तो परिणामको अपेक्षा थियो, देशैभर अपेक्षा गरे अनुसारको परिणाम नआएको बताए। ‘त्यसको निम्ति गठबन्धनका दलहरु र राजनीतिक दलहरुले केही गृहकार्य गर्नैपर्ने जरुरी भएको छ’, उनले भने।
जारी मतगणनामा माओवादी केन्द्रले १२ सिट जितिसकेको छ। समानुपातिकतर्फ भने चौथो दलको रुपमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।