काठमाडौं– गुल्मी–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चन्द्र भण्डारीले जितेका छन्। भण्डारीको जितसँगै उक्त क्षेत्रमा रहेको आलोपालो परम्पराले निरन्तरता पाएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली र २०६४ सालदेखि आलोपालो गरेर उक्त क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका छन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए। भण्डारीले ०७० मा ज्ञवालीसँग बदला लिए।
२०७४ को आम निर्वाचनमा फेरि ज्ञवाली र भण्डारी नै आमने- सामने भए। त्योबेला ज्ञवालीले जिते।
यसपल्ट फेरि एमालेबाट ज्ञवाली र कांग्रेसबाट भण्डारी नै उम्मेदवार बने। यसपटक भने भण्डारीले जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।