• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विश्वकप फुटबल : समूह चरणका पहिलो खेल सकिँदा कसलाई सहज, कसलाई कठिन?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १२:३५
1140x725

काठमाडौं– कतारमा जारी २२औं संस्करकणको विश्वकप फुटबलमा सहभागी ३२ ओटै राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

प्रत्येक समूहमा चार देशका दरले आठ समूह बनाएर समूह चरणको खेल भइरहेको छ। आज शुक्रबारबाट भने समूह चरणका दोस्रो खेल सुरु हुँदैछन्। 

समूहमा रहेका प्रत्येक देशले तीन खेल खेल्नुपर्ने हुन्छ। तीन खेल खेलिसक्दा आफ्नो समूहको शीर्ष दुई टोली अन्तिम १६ (नकआउट) चरणमा प्रवेश गर्नेछन्। जसअन्तर्गत पहिलो खेल सकिँदासम्म कसको अवस्था कस्तो छ वा कुन टिमलाई अर्को चरणमा जान सहज र असहज छ भन्नेबारे उल्लेख गर्दैछौं। 

समूह ‘ए’
समूह ‘ए’ मा आयोजक राष्ट्र कतार, नेदरल्याण्ड, इक्वेडर र सेनेगल छन्। पहिलो खेलमा जित निकालेका नेदरल्याण्ड र इक्वेडरले समान तीन–तीन अंक जोड्दै समूहको पहिलो र दोस्रो स्थानमा छन्। 

उद्घाटनमा आयोजक राष्ट्र कतारलाई इक्वेडरले २–० ले पराजित गरेको थियो। बाँकी २ खेल मध्ये एकमा जित निकालेको अवस्थामा इक्वेडर अन्तिम १६ मा प्रवेश गर्नेछ। यता कतारलाई भने बाँकी दुबै खेल जित्नुपर्ने दबाब छ। जसकारण कतार समूह चरणबाटै बाहिरिने सम्भावना छ। 

यही समूहको अर्को खेलमा नेदरल्याण्डले सेनेगललाई २–० गोलले नै पराजित गरेको थियो। जसकारण नेदरल्याण्डलाई अर्को चरणमा प्रवेश गर्न बाँकी दुई खेल मध्ये एकमा जित निकाले पुग्छ। यता सेनेगललाई भने दुई खेल नै जित्नुपर्ने दबाब छ।

आज कतार र सेनेगल, नेदरल्याण्ड र इक्वेडर एकअर्कामा प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’
यो समूहमा इंग्ल्याण्ड, वेल्स, अमेरिका र इरान छन्। इंग्ल्याण्डको अर्को चरणको सम्भावना सबैभन्दा पहिलो छ। पहिलो खेलमा इरानलाई ४–० गोलले पराजित गर्दै इंग्ल्याण्ड ३ अंक जोड्दै शीर्ष स्थानमा छ। अब खेल्ने दुई खेल मध्ये एक खेलमा जित निकालेको अवस्थामा इंग्ल्याण्ड अर्को चरण प्रवेश गर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यता पहिलो खेलमै ४ गोल खाएको इरानको अर्को चरण प्रवेशको सम्भावना कम छ। बाँकी दुई खेल नै जित निकाल्नुपर्ने दबाब इरानसँग छ।

यही समूहका वेल्स र अमेरिकाले पहिलो खेल बराबरीमा सकाएका थिए। यी दुवैको समान एक–एक अंक छ। जसकारण यी दुवैको अर्को चरणको सम्भावना जीवितै छ। 

समूह ‘सी’
यो समूहमा साउदी अरेबिया, पोल्याण्ड, मेक्सिको र अर्जेन्टिना छन्। अर्र्जेन्टिनाविरुद्ध २–१को सनसनीपूर्ण कमब्याक जित निकालेको साउदी ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। जसकारण अन्य टिमलाई भन्दा साउदीलाई अर्को चरण प्रवेशका लागि सहज देखिन्छ। 

साउदी र अब पोल्याण्ड र मेक्सिकोसँग खेल्न बाँकी छ। यी मध्ये एक खेलमा जित निकालेको अवस्थामा साउदी अर्को चरणमा जान सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साउदीसँगै अप्रत्याशित हार ब्यहोरेको अजेन्टिना भने कठिन अवस्थामा छ। अर्को चरण प्रवेशका लागि अर्जेन्टिनालाई पोल्याण्ड र मेक्सिकोसँगको खेल जित्नै पर्ने दबाब छ। 

यता पहिलो खेल बराबरी गरेका पोल्याण्ड र मेक्सीको अर्को चरण जाने सम्भावना पनि बलियो छ। यी दुवै एक–एक अंक जोड्दै आफ्नो समूहको दोस्रो र तेस्रो स्थानमा छन्।

समूह ‘डी’
यो समूहमा फ्रान्स, ट्युनिसिया, डेनमार्क, अष्ट्रेलिया सम्मिलत छन्। पहिलो खेलमा अष्ट्रेलियालाई ३–० ले हराएको फ्रान्स ३ अंकका साथ शीर्ष स्थानमा छ। फ्रान्सको अर्को चरण सम्भावना बलियो छ। अब खेल्न बाँकी दुई खेल मध्ये एकमा जित निकालेको अवस्थामा फ्रान्स अर्को चरणमा प्रवेश गर्नेछ।

पहिलो खेलमा फ्रान्ससँग ३–० को हार ब्योहोर्दै अंकबिहीन भएको अष्ट्रेलियाको अर्को चरण प्रवेशको सम्भावना भने झिनो छ। अब खेल्न बाँकी दुवै खेल जितेको अवस्थामा मात्रै अष्ट्रेलिया अर्को चरणमा प्रवेश गर्नेछ। 

पहिलो खेल गोलरहित बराबरी खेल्दै अंक बाँडेका ट्युनिसिया र डेनमार्क दुवैको अर्को चरणको सम्भावना छ। 

समूह ‘ई’
‘गु्रप अफ डेथ’को रुपमा हेरिको यो समूहमा स्पेन, जापान, जर्मनी र कोस्टारिका छन्। पहिलो खेलमा कोस्टारिकामाथि ७–० को ऐतिहासिक जित निकालेको स्पेन शीर्ष स्थानमा छ। जसकारण अर्को चरण प्रवेशका लागि स्पेनलाई सहज देखिन्छ। अब खेल्न बाँकी दुई खेल मध्ये एकमा जित निकालेको अवस्थामा स्पेन अर्को चरणमा प्रवेश गर्नेछ। 

जर्मनीमाथि २–१को सनसनीपूर्ण कमब्याक जित निकालेको एसियन पावरहाउस जापानको पनि अर्को चरण प्रवेशको सम्भावना बलियो छ। जापान पनि ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा छ। जापानले अब खेल्न बाँकी स्पेन र कोस्टारिकामध्ये एक खेलमा जित निकालेको अवस्थामा जापान अर्को चरणमा जानेछ। 

यो समूहका जर्मनी र कोस्टारिका भने कठिन अवस्थामा छ। पहिलो खेल हार्दै अंकबिहीन भएका यी दुई टोलीलाई अर्को चरणका लागि दुवै खेल जित्नुपर्ने दबाब छ।

समूह ‘एफ’
बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा रहेको यो समूहमा बेल्जियमा ३ अंकका साथ शीर्ष स्थानमा छ। पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकालेको बेल्जियमलाई अर्को चरणका लागि सहज देखिन्छ। अब खेल्न बाँकी क्रोएसिया र मोरक्कोसँग खेल मध्ये एकमा जित निकालेको अवस्थामा बेल्जियम अर्को चरणमा जानेछ। 

पहिलो खेल गोलरहित बराबरी खेलेका क्रोएसिया र मोरक्को समान एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। दुवै टोलीको अर्को चरणको सम्भावना छ। खेल्न बाँकी दुई खेलको नतिजाबाट अर्को चरणको टुंगो लाग्नेछ। 

अंकबिहीन हुँदै पुछारमा रहेको क्यानडाको भने अर्को चरणको सम्भावना कठिन छ। बाँकी दुवै खेल जितेको अवस्थामा मात्रै क्यानडा अर्को चरणमा प्रवेश गर्नेछ।

समूह ‘जी’
ब्राजिल, स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बिपया रहेको यो समूहमा ब्राजिल र स्वीट्जरल्याण्डले जित निकालेका छन्। यी दुवै तीन अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्। यी दुवैलाई अर्को चरण प्रवेशका लागि सहज देखिन्छ। अब खेल्न बाँकी दुई खेल मध्ये एकमा जित निकालेको अवस्थामा यी दुवै टोली अर्को चरणमा जानेछन्। 

यता अंकबिहीन बनेका क्यामरुन र सर्बियालाई अर्को चरण प्रवेशका लागि भने निकै कठिन देखिन्छ। खेल्न बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा मात्रै क्यारुन र सर्बिया अर्को चरणमा जानेछन्। क्यारुनले अब ब्राजिल र सर्बियासँग खेल्न बाँकी छ। सर्बियाले भने स्वीट्जरल्याण्ड र क्यारुनसँग खेल्नेछ।

समूह ‘एच’
अर्को कठिन समूहको रुपमा चिनिएको समूह ‘एच’ मा पोर्चुगल, साउथ कोरिया, उरुग्वे र घाना छन्। घानामाथि ३–२ को संघर्षपूर्ण जित निकालेको पोर्चुगल ३ अंकका साथ समूहको शीर्ष स्थानमा छ। शीर्ष स्थानमा रहेको पोर्चुगलको अर्को चरण जाने सम्भावना अन्यको भन्दा बढी सहज छ। 

पोर्चुगलले अब साउथ कोरिया र उरुग्वेसँग खेल्न बाँकी छ। यी दुई मध्ये एकमा जित निकालेको अवस्थामा पोर्चुगल अर्को चरण जानेछ। 

यता गोलरहित बराबरी खेल्दै अंक बाँडेका उरुग्वे र साउथ कोरियाको पनि अर्को चरण जाने सम्भावना छ। खेल्न बाँकी दुई खेलेको नतिजाले को अर्को चरण पुग्ने भन्ने टुंगो लगाउनेछ। 

पोर्चुगलसँग पराजित भएको घानाको भने अर्को चरण पुग्ने सम्भावना कठिन बनेको छ। घानाले अब खेल्न बाँकी साउथ कोरिया र उरुग्वेसँग खेल्न बाँकी छ। यी दुवै खेल जितेको अवस्थामा घाना अर्को चरणमा पुग्नेछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्