काठमाडौं– काभ्रे–२ को प्रदेशसभा (२)मा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन्।
बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कुमार थापाले २१ हजार९ सय ५७ प्राप्त गरे।
निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बास्कोटालाई पराजित गरेका थिए।
विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।