काठमाडौं– विश्वकपको डेब्यु खेलमै दुई गोल गरेका रिकार्लिसनको प्रभावशाली प्रदर्शनका कारण ब्राजिलले सर्वियामाथि २–० को प्रभावशाली जित निकालेको छ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको ५ पल्टको विश्व च्याम्पियनका लागि टोटेनहमका २५ वर्षीय स्ट्राइकरले ११ मिनेटभित्र दुई विजयी गोल गरे। उनले ६२ र ७३ मिनेटमा गोल गरेका थिए।
ब्राजिलबाट उनले पछिल्लो ७ खेलमा ९ गोल गरेका छन्। बिहीबार राती भएको खेलमा नेइमारले पनि गोलको अवसर गुमाएका थिए। अझ, उनले दुई वटा फ्रिकिक प्रहार गर्ने मौका पाएका थिए। त्यसलाई पनि खेर फ्याँके। विश्वकपमा उनले ९ पल्ट फ्रिकिक प्रहार गरिसकेका छन् तर कुनै गोल गर्न सकेका छैनन्।
समूह ‘जी’ मा सर्वियासँग तीन अंक बटुलेपछि ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।