काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। भर्खरै सम्पन्न खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो।
कप्तान क्रिस्टियानो रोनाल्डोले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
तर, घानाका आन्द्रे आयूले ७३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि पुनः पोर्चुगलका जाओ फेलिक्सले ७८ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए।
राफायल लियोले ८० औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई दुई गोलको अग्रता दिलाए। तर, ८९ औँ मिनेटमा ओस्मान बुकारीले गोल गर्दै अग्रता घटाए। तर थप समयमा कुनै गोल हुन नसकेपछि खेल पोर्चुगलले ३–२ ले जितेको हो।
जितसँगै समूह एचमा रहेको पोर्चगलले महत्वपूर्ण ३ अंक जोडेको छ। उ समूहको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।