काठमाडौं– आम निर्वाचनका क्रममा बाजुराको त्रिवेणीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाको बारेमा छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति बनाएको छ।
गत ४ गतेको निर्वाचनमा क्रममा नाटेश्वरी आधारभूत विद्यालय खिरपाटामा मतदानको क्रममा झडप हुँदा प्रहरीको गोली लागेर सञ्जिव ऐडी र घटना पश्चात भएको झडपमा चेतन ऐडीको ज्यान गएको घटना प्रति गृह मन्त्रालयले छानबिन समिति बनाएको हो।
छानबिन समितिमा गृह मन्त्रालयअन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम भट्टराईको संयोजकत्वमा सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल प्रहरी नायव महानिरीक्षक राष्ट्रिय अनुसन्धानका निर्देशक र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता गरी ५ सदस्यीय छानबिन समिति बनाएको हो।
उक्त घटनाको बारेमा १५ दिनभित्र प्रतिवेदन पेश गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।