काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। धादिङ–१वाट उनी प्रतिनिधि सभामा निर्वाचित भएका हुन्। २०७४ सालमा प्रदेश सभावाट उठेका उनी निर्वाचित हुदै मुख्यमन्त्री भएका थिए।
नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि सत्ता गठवन्धनको सर्मथनमा उनी बागमती प्रदेशका मुख्यमन्त्री भएका थिए।
पाण्डेले एमालेका भूमि त्रिपाठीलाई पराजित गरेका हुन्। कुनै समय एमालेका सहयात्री रहेका उनीहरु अहिले एक–अर्काको प्रतिस्पर्धीको रुपमा मैदानमा उभिएका थिए।
मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत प्राप्त गरे। पाण्डेको जितसँगै एकीकृत समाजवादीले प्रतिनिधि सभामा जित संख्या ९ पु¥याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।