काठमाडौं– युवा तथा खेलकुदमन्त्री एवं नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज पराजित भएका छन्।
बाँके–१ मा प्रतिनिधि सभाका उम्मेदबार रहेका गहतराज एमालेका केन्द्रीय सदस्य सूर्य ढकालसँग पराजित भएका हुन्। ढकाल २५०२६ मत ल्याएर निर्वाचित भए।
मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याउदै दोस्रो भए। ढकाल ५ हजार ३९४ मतान्तरले कायम गर्दै जित हात पारेका हुन्।
२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा गहतराज विजयी भएका थिए। नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११४६५ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।