काठमाडौं– माओवादी केन्द्रका जीवन आचार्यले प्रदेश १ को प्रदेश सभा सदस्यमा जित हासिल गरेका छन्।
एमालेकी रीता न्यौपानेलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनी विजयी भएका हुन्।
आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन्।
आचार्यले १९ हजार ४५५ ल्याए भने न्यौपानेले १७ हजार ५७७ मात्र ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।