काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।
रञ्जिताले आफ्ना निकटतम प्रतिद्वन्द्वी चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले जितेकी हुन्।
रञ्जिताले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी छिन् भने कांग्रेका चौधरीले १८ हजार ८१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।