काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीहरुबाट भएको कमजोरीलाई सुधार्नुपर्ने बताएका छन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि विजयी सभामा सम्बोधन गर्न रौतहट पुगेका नेपालले सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन्।
नेता नेपालले निर्वाचनमा सोचे जस्तो नतिजा नआए पनि यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
‘हामीले सोचेकोभन्दा अलि कम त हो तर विभिन्न समस्याका बाबजूद ठिकै छ। पार्टीहरुबाट कमी–कमजोरी भएका छन्। आगामी दिनमा यसलाई सुधार्नुपर्छ’, नेता नेपालले भने।
नेता नेपालले वाम एकता हुने कुरामा सम्भावना रहेको बताए। नीति, विचार र सिद्धान्त मिल्ने पक्षहरुसँग वाम एकता हुनसक्ने सम्भावना कायमै रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।