काठमाडौं- पाँचथरमा सबै मतदान केन्द्रबाट मतपेटीकाहरू मतगणनास्थल सदरमुकाम फिदिममा ल्याइपुर्याइएको छ।
जिल्लामा १ सय ७७ वटा मतदान केन्द्र रहेको र सबैबाट सोमबार बिहान सदरमुकाम पुर्याइएको निर्वाचन कार्यलयले जानकारी दिएको छ।
सदरमुकाममा मतपेटिका पुगेपछि सोमबार ११ बजे सर्वदलीय बैठक बस्ने र मतगणना प्रारम्भ गर्ने बताइएको छ।
कुल, १ लाख ३८ हजार ९ सय ३२ मतदातामध्ये ७४ हजार ८ सय ९८ मतदाताले मात्र मतदान गरेको निर्वाचन कार्यलयले जनाएको छ।
पाँँचथरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बे र एमालेबाट बसन्त नेम्वाङ प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।