• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दीपक मनाङ्गेलाई २५ हजार जरिवाना

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २, २०७९  १९:३४
1140x725

काठमाडौं– निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ)लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ। उनले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको सम्बन्धमा जरिवाना गरिएको आयोगले जनाएको छ।

‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ', भन्ने मनाङ्गेले अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो।

गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।

मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यमा मनाङ (२) का उम्मेदवार छन्। उनी गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।

यस्तो छ आयोगको निर्णय:

प्रस्तुत मिसिल संलग्न कागजात अध्ययन गरी हेरियो। यसमा गण्डकी प्रदेश सभा सदस्य मनाङ “२” का उम्मेदवार,एवम् गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको (“जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ …३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ”) अभिव्यक्तिको श्रव्यदृष्य सामग्री सार्वजनिक भई निज प्रत्यर्थीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने सूचना यस आयोगमा प्राप्त हुन आएको रहेछ।

आयोगमा प्राप्त सूचनाको आधारमा निज प्रत्यर्थी राजिव गुरुङलाई के कसो भएको हो? भनी स्पष्टीकरण सोधिएकोमा निज प्रत्यर्थीबाट प्रेषित स्पष्टीकरण जवाफ हेर्दा केही  दिन अगाडि अनलाईन मिडियामा अन्तर्वाता दिएको, सो कुरा उम्मेदवारी दर्ता गर्दा निर्वाचनमा हुने खर्चको कुरा स्थानीय निर्वाचन, २०७९ मा विभिन्न दलका उम्मेदवारहरुले गरेको तडक भडकलाई देखेर व्यक्त गरेको, अन्तर्वाताको क्रममा अभिव्यक्त गरेको कुरा निर्वाचनको समयमा रक्सी उपर आयोगले प्रतिवन्ध लागाउनु पर्छ भन्ने सम्म हो,  अन्यथा उम्मेदवारलाई मर्का पर्छ भन्ने आशय हो, आफु मंगोलियन समुदायको सदस्य त्यही संस्कार, सभ्यतामा हुर्केको,  सो अन्तवार्तमा व्यक्त भएका शब्दहरुले राष्ट्रिय रुपमा सम्मानित आयोग, आयुक्तहरु तथा निर्वाचन आयोगमा खटिनु भएका कर्मचारीले नमिठो महसुस गर्नु भएको भएको भए यस प्रति क्षमा याचना गर्दछु भन्ने बेहोरा उल्लेख भएको देखियो।

यसमा गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य मनाङ “२”  का उम्मेदवार, राजिव गुरुङले निर्वाचन आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा भएको निर्वाचन खर्च सन्बन्धी आचरणको खण्ड (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा ऐ.को दफा ४, मा भएको सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (न) र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५ र  ६को खण्ड (त) र (थ) को  प्रतिकुल हुने गरी मनाङ्गमा मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भन्ने समेतको अभिव्यक्ति  दिएको हो वा होइन? र दिएको भए सो अभिव्यक्ति दिएबाट निज प्रत्यर्थी राजीव गुरुङले निर्वाचन आचार संहिता उल्लंघन गरेको ठहर्छ, ठहर्दैन? ठहर्छ भने निजलाई के- कस्तो सजाय हुनुपर्ने हो? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रस्तुत तथ्यसँग सान्दर्भिक कानुनी व्यवस्था हेर्दा, निर्वाचन आचारसंहित, २०७९ को दफा ४ मा सवैले पालना गर्नु पर्ने आचारण सम्बन्धी प्रावधान रहेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड(न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निश्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ। निर्वाचन आचारसंहिता, २०७९को दफा १६ को खण्ड (क)देखी खण्ड(ट) सम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च बारे पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९को अनुसूचि ५मा उम्मेदवारले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने भनी प्रतिवद्वता व्यक्त गर्ने र ऐ. अनुसूची ६ मा स्वघोषणा गर्ने समेतका कानूनी व्यवस्था रहेको छ।

तसर्थ, आयोगमा प्राप्त सूचनामा र सञ्चार माध्यममा प्रकाशित भएको बेहोरा बमोजिम निर्वाचन खर्चकोको सिमा उल्लङ्घन हुने किसिमका सार्वजनिक अभिव्यक्ति निज प्रत्यर्थी राजिव गुरुङ्ग दिएको हो भन्ने तथ्यमा विवाद भएन।

निज प्रत्यर्थी राजिव गुरुङको उक्त अभिव्यक्ति उल्लिखित कानूनी व्यवस्थाको प्रतिकूल देखिन आयो। मिति 2079/08/04मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि सबैराजनैतिक दलहरुको साझा प्रतिवद्वता सहित जारी भएको निर्वाचन आचारसंहिता २०७९, मिति २०७९ असाेज १२ गतेदेखि लागू भईसकेको अवस्थामा निज प्रत्यर्थी राजिव गुरुङले मनोनयन दर्ताको एकदिन मात्रै रक्सी खुवाउदा १५ लाख खर्च लाग्ने भनि दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को  (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा साेही एेनको दफा ४, को सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) को र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका , २०७९ को अनुसूची-५, ६को खण्ड (त) र (थ) को प्रतिकूल भई निजले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि हुन आएकोले निज प्रत्यर्थी राजिव गुरुङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु. २५000।- (अक्षरुपी पच्चीस हजार रुपैया) जरिबाना हुने ठहर्छ । सो ठहर्नाले अरुमा तपसिल बमोजिम गर्नु ।

तपसिल

Xtrem

Xtrem

१. माथि ठहर खण्डमा लेखिए बमोजिम निज प्रत्यर्थी राजिव गुरुङलाई रु २५000।- (अक्षरुपी पच्चिस हजार रुपैया)  जरिवना हुने  ठहरेकोले  कानून बमोजिम असूल उपर गर्नु ।

२. प्रस्तुत निर्णयको जानकारी निज प्रत्यर्थी राजिव गुरुङलाई दिनु ।

३. प्रस्तुत निर्णय सहितको फायल अभिलेखमा सुरक्षित राख्नु ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:३४
  • #चुनाव २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्