• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दीपक मनाङ्गेलाई २५ हजार जरिवाना

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २, २०७९  १९:३४
1140x725

काठमाडौं– निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ)लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ। उनले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको सम्बन्धमा जरिवाना गरिएको आयोगले जनाएको छ।

‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ', भन्ने मनाङ्गेले अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो।

गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।

मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यमा मनाङ (२) का उम्मेदवार छन्। उनी गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।

यस्तो छ आयोगको निर्णय:

प्रस्तुत मिसिल संलग्न कागजात अध्ययन गरी हेरियो। यसमा गण्डकी प्रदेश सभा सदस्य मनाङ “२” का उम्मेदवार,एवम् गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको (“जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ …३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ”) अभिव्यक्तिको श्रव्यदृष्य सामग्री सार्वजनिक भई निज प्रत्यर्थीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने सूचना यस आयोगमा प्राप्त हुन आएको रहेछ।

आयोगमा प्राप्त सूचनाको आधारमा निज प्रत्यर्थी राजिव गुरुङलाई के कसो भएको हो? भनी स्पष्टीकरण सोधिएकोमा निज प्रत्यर्थीबाट प्रेषित स्पष्टीकरण जवाफ हेर्दा केही  दिन अगाडि अनलाईन मिडियामा अन्तर्वाता दिएको, सो कुरा उम्मेदवारी दर्ता गर्दा निर्वाचनमा हुने खर्चको कुरा स्थानीय निर्वाचन, २०७९ मा विभिन्न दलका उम्मेदवारहरुले गरेको तडक भडकलाई देखेर व्यक्त गरेको, अन्तर्वाताको क्रममा अभिव्यक्त गरेको कुरा निर्वाचनको समयमा रक्सी उपर आयोगले प्रतिवन्ध लागाउनु पर्छ भन्ने सम्म हो,  अन्यथा उम्मेदवारलाई मर्का पर्छ भन्ने आशय हो, आफु मंगोलियन समुदायको सदस्य त्यही संस्कार, सभ्यतामा हुर्केको,  सो अन्तवार्तमा व्यक्त भएका शब्दहरुले राष्ट्रिय रुपमा सम्मानित आयोग, आयुक्तहरु तथा निर्वाचन आयोगमा खटिनु भएका कर्मचारीले नमिठो महसुस गर्नु भएको भएको भए यस प्रति क्षमा याचना गर्दछु भन्ने बेहोरा उल्लेख भएको देखियो।

यसमा गण्डकी प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य मनाङ “२”  का उम्मेदवार, राजिव गुरुङले निर्वाचन आचार संहिता प्रतिकूल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा भएको निर्वाचन खर्च सन्बन्धी आचरणको खण्ड (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा ऐ.को दफा ४, मा भएको सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (न) र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५ र  ६को खण्ड (त) र (थ) को  प्रतिकुल हुने गरी मनाङ्गमा मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भन्ने समेतको अभिव्यक्ति  दिएको हो वा होइन? र दिएको भए सो अभिव्यक्ति दिएबाट निज प्रत्यर्थी राजीव गुरुङले निर्वाचन आचार संहिता उल्लंघन गरेको ठहर्छ, ठहर्दैन? ठहर्छ भने निजलाई के- कस्तो सजाय हुनुपर्ने हो? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रस्तुत तथ्यसँग सान्दर्भिक कानुनी व्यवस्था हेर्दा, निर्वाचन आचारसंहित, २०७९ को दफा ४ मा सवैले पालना गर्नु पर्ने आचारण सम्बन्धी प्रावधान रहेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड(न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निश्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ। निर्वाचन आचारसंहिता, २०७९को दफा १६ को खण्ड (क)देखी खण्ड(ट) सम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च बारे पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९को अनुसूचि ५मा उम्मेदवारले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने भनी प्रतिवद्वता व्यक्त गर्ने र ऐ. अनुसूची ६ मा स्वघोषणा गर्ने समेतका कानूनी व्यवस्था रहेको छ।

तसर्थ, आयोगमा प्राप्त सूचनामा र सञ्चार माध्यममा प्रकाशित भएको बेहोरा बमोजिम निर्वाचन खर्चकोको सिमा उल्लङ्घन हुने किसिमका सार्वजनिक अभिव्यक्ति निज प्रत्यर्थी राजिव गुरुङ्ग दिएको हो भन्ने तथ्यमा विवाद भएन।

निज प्रत्यर्थी राजिव गुरुङको उक्त अभिव्यक्ति उल्लिखित कानूनी व्यवस्थाको प्रतिकूल देखिन आयो। मिति 2079/08/04मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि सबैराजनैतिक दलहरुको साझा प्रतिवद्वता सहित जारी भएको निर्वाचन आचारसंहिता २०७९, मिति २०७९ असाेज १२ गतेदेखि लागू भईसकेको अवस्थामा निज प्रत्यर्थी राजिव गुरुङले मनोनयन दर्ताको एकदिन मात्रै रक्सी खुवाउदा १५ लाख खर्च लाग्ने भनि दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता, २०७९ को  (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा साेही एेनको दफा ४, को सवैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) को र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका , २०७९ को अनुसूची-५, ६को खण्ड (त) र (थ) को प्रतिकूल भई निजले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि हुन आएकोले निज प्रत्यर्थी राजिव गुरुङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु. २५000।- (अक्षरुपी पच्चीस हजार रुपैया) जरिबाना हुने ठहर्छ । सो ठहर्नाले अरुमा तपसिल बमोजिम गर्नु ।

तपसिल

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१. माथि ठहर खण्डमा लेखिए बमोजिम निज प्रत्यर्थी राजिव गुरुङलाई रु २५000।- (अक्षरुपी पच्चिस हजार रुपैया)  जरिवना हुने  ठहरेकोले  कानून बमोजिम असूल उपर गर्नु ।

२. प्रस्तुत निर्णयको जानकारी निज प्रत्यर्थी राजिव गुरुङलाई दिनु ।

३. प्रस्तुत निर्णय सहितको फायल अभिलेखमा सुरक्षित राख्नु ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १९:३४
  • #चुनाव २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्