काठमाडौं– कलाकारहरूको टोलीले चितवन गएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट मागेको छ। त्यहाँ गएर उनीहरूले चितवन–२ का उम्मेदवार रवि लामिछानेको पक्षमा भोट मागेका छन्।
कलाकार किरण केसी ‘राता मकै’ले आफ्नो जीवनमा पहिलो पटक कसैलाई भोट मागिएको जानकारी गराउँदै भने, ‘७ अरब मध्ये पाँचौँ नम्बरमा मन पर्ने मान्छे रवि लामिछाने हो। आफ्नै पैसाले यहाँ आएको हो। म कुनै पार्टीमा आबद्ध छैन। नेपालमा सच्चा र देशप्रेमीको खाँचो छ भन्ने लागिरहन्थ्यो। अब त्यो रवि भाइबाट पूरा हुने भयो।’
रविलाई गुदी भएको, भिजन भएको, आँटिलो र जोशिलो भन्दै उनले प्रशंसासमेत गरे। चितवनको सुन्दरनगरीबाट रविलाई जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु। ‘नेपालकै इतिहासमा सबैभन्दा बढी मत ल्याएर जिताउनुहोस् भन्ने शुभकामना छ’ उनले भने, ‘देशमा केही गरौं भनेर अघि बढेको सपना पूरा होस् भनेर संसारभरका देवीदेवतासँग प्रार्थना गर्दछु।’
त्यसैगरी, अर्का कलाकार निर्मल शर्मा ‘गैंडा’ले पनि रविलाई भोट मागे। भावी सन्ततिलाई घण्टीले समृिद्धको बाटोमा लैनाने भएकाले घण्टीमा मत दिन उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।