काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आयोजित चुनावी सभामा कलाकारको टोली नै पुगेको छ। कााठमाडौंबाट कलाकार दीपाश्री निरौला, रमेश उप्रेती, किरण केसी (राता मकै), निर्मल शर्मा (गैंडा)सहितको टोली पुगेको हो।
उनीहरूले रविलाई मतसमेत मागेका छन्। चुनावी सभामा बोल्दै कलाकार दीपाश्रीले रविलाई मत मागेकी हुन्।
‘यसअघि हामी कि राम्रो छान्थ्यौं, कि हाम्रो छान्थ्यौं। तर रवि राम्रो र हाम्रो दुबै हुन्’, उनले भनिन्, 'केही दुःख पर्दा हामी मन्दिरमा गएर घण्टी बजाएर प्रार्थना गछौं। अहिले पनि चुनावमा घण्टी बजाएर साथ सहयोग गर्ने बेला आएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।