• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चुनावी नारामा सीमित सिमकोट सडक

दाने बोहरा/रासस बिहीबार, मंसिर १, २०७९  ११:४१
1140x725

सिमकोट– राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो। देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन। 

हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाई जहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनुपरेको हो। उसै त यहाँका नागरीकले जहाज चढ्न पनि हप्तौं कुर्नुपर्छ भने ठूलाबडाको भनसुन लगाउनुपर्छ। सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनुपरेको छ

यसपल्ट पक्का सडकसँग सिमकोट जोडिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले स्थानीय मतदातालाई एउटै आश्वासन दिँदै आए पनि यो समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन्। सत्ता गठबन्धन दल र एमालेले आफ्ना स्थानीयस्तरमा गरिएका प्रतिबद्धतामा यो विषयलाई पहिलो प्राथमिकता राखेका हुन्। 

विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन्। सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यो पटकको चुनावमा राजनीतिक दलको प्राथमिकतामा परेको छ। तर सडकसँग जोडिने हुम्लीको सपना सपनामै सीमित बनेको छ। 

सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भए पनि त्यो मुद्दामै सीमित हुँदै आएको छ। चौबिस वर्षसम्म पूर्णता पाउन नसक्नु जिल्लाका लागि दुःखद् भएकाले अब कर्णाली करिडोरले चाँडै पूर्णता पाउने बताइरहेका छन्। २०६४ सालदेखि अहिलेको निर्वाचनसम्म दलले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन्।

हरेक चुनावमा हुम्लामा लाग्ने नारा नै सडकको हुन्छ। सडक नारामा आउँछ, व्यवहारमा आउँदैन। विसं २०६४, २०७० साल, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारका मुखमुखमा सडक थियो तर, अझै सडक यातायातले सिमकोटलाई छुन सकेको छैन। 

समय लागे पनि आवाज उठाएकै कारण कर्णाली करिडोरको निर्माण भएको दलहरूको दाबी छ। अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान जाने नेताहरूले बारम्बार दोहोर्‍याउने भनाइ भने नयाँ होइन। करिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ। सरकारले २०५१ सालदेखि हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय बजेटमा राख्दै आएको छ।

कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म एक सय ८४ किलोमिटर छ। यसमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर नेपाली सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक पनि हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अब सिमकोट–सलीसल्ला खण्डको ५० किमी सडकमा दुल्ली कुनादेखि लालिबगरसम्मको ११ किमी बाँकी छ। यो खण्डको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएअनुसार हाल सेनाले काम गर्दै आएको छ। असजिलो चट्टानी क्षेत्र भएका कारण सेनाले डेढ वर्षमा मात्र काम सम्पन्न गर्ने जनाएको छ। 

सडक बनाउन सधैं नेताको आश्वाशन
‘हुम्ला सडक सञ्जनालमा नजोडिदा यहाँका स्थानीयलाई धेरै समस्या छ’, स्थानीय कमल भण्डारीले भने, ‘नेताहरू आएर झुटा आश्वाशन दिन्छन् अनि फर्किन्छन्, उनीहरूको अरू काम नै के छ र <’

उनले थपे, ‘चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यस वर्षभित्र पक्का हुम्लाको मुहार फेरिन्छ, सिमकोट सडकसँग जोडिन्छ। यहाँको गरिबी अन्त्य गर्छौं।’

सडकसँग नजोडिँदा यहाँका नागरिकले राम्रो सुविधासम्पन्न अस्पतालमा जान नपाएर अकालमै ज्यान गुमाउनुपर्छ। बिरामी भएको समयमा हिँडेर जान सकिँदैन। अधिकांश बिरामीले स्टेचरमा उपचार गर्न लैजाँदा बाटोमै अकालमै ज्यान गुमाउनुपरेको सर्केगाड गाउँपालिका–६ का भक्तराज ऐडीले गुनासो पोखे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘हुम्ला सडक सञ्जालमा जोडिएको छैन, गाउँमा सुत्केरीलगायत अन्य नागरिक जटिल रोग लाग्दा सात/आठ लाख तिरेर हेलिकप्टर रिजर्भ गर्नुपर्छ, तर गरिब निमुखालाई त्यो रुपैयाँ हुँदैन र अकालमै ज्यान गुमाउनुपर्छ।’

यस्तै हुम्लीको जिल्ला बाहिर जाने एक मात्रै हवाई सेवा हुँदा टिकटको सास्ती खेपी रहनुपरेको छ। यहाँ निजी एयरलाइन्सले नियमित उडान नभर्दा टिकटको समस्या हुने गरेको छ। हिउँद याम, दसैं तिहारजस्ता ठूला पर्वमा हवाईजहाजले नियमित उडान नभर्दा सोझा नागरिकले टिकट नपाउने गरेका हुन्। जहाजले उडान भरे पनि पहुँचवालाले मात्रै जिल्ला बाहिर जान पाउने कुरा नयाँ भने होइन। 

हवाईजहाजले प्रायजसो पूर्वमा उडान भर्दा जिल्लामा खाद्यान्न सङ्टक बारम्बार निम्तिने गरेको छ। हिउँदको समयमा बाक्लो हिमापात हुने हुँदा जहाजले उडान भर्न नसक्दा खाद्यान्न सङ्कट चुलिँदै आउने गरेको हो। त्यसैले हुम्लीका लागि सडक एक सपना भएको छ। सदरमुकाम सिमकोट नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । सरकारले भने लक्ष्य प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पुर्‍याउने भन्ने छ। 

उसो त सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको भए पनि अझै सडक छुन सकिरहेको छैन। सडक नै विकासको पहिलो पूर्वाधार हो। त्यही नभएपछि हुम्लामा अरू के विकास पुग्नु? 

यहाँ राजनीतिक दलका नेता मात्रै नभएर हुम्ला पुग्ने प्रदेशका मुख्यमन्त्री, सङ्घीय सरकारका मन्त्री तथा प्रधामन्त्री जिल्ला पुग्दा उनीहरूको सम्बोधन नै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने हुन्छ तर उनीहरूको भाषणमा सीमित हुन्छ भने यहाँका नागरीक सपनामै सीमित हुन्छ। 

सडक नहुँदा महँगी दिनप्रतिदिन बढ्दै गएको छ। सदरमुकाममा यतिबेला दैनिक उपभोग्य वस्तुको मूल्य छोइसक्नु छैन। एक क्यारेट अण्डाको एक हजार एक सय पर्छ। केही समय अगाडि छ सयमा पाउँथ्यो। यस्तै तेल एक पोकाको दुई सय पर्छ, अन्य चिनी, बेसार, सागसब्जी, बोइलर कुखुराको मासु, साबुन, मैदालगायतको मूल्यसमेत आकाशिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्