• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चुनावी नारामा सीमित सिमकोट सडक

दाने बोहरा/रासस बिहीबार, मंसिर १, २०७९  ११:४१
1140x725

सिमकोट– राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो। देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन। 

हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाई जहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनुपरेको हो। उसै त यहाँका नागरीकले जहाज चढ्न पनि हप्तौं कुर्नुपर्छ भने ठूलाबडाको भनसुन लगाउनुपर्छ। सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनुपरेको छ

यसपल्ट पक्का सडकसँग सिमकोट जोडिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले स्थानीय मतदातालाई एउटै आश्वासन दिँदै आए पनि यो समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन्। सत्ता गठबन्धन दल र एमालेले आफ्ना स्थानीयस्तरमा गरिएका प्रतिबद्धतामा यो विषयलाई पहिलो प्राथमिकता राखेका हुन्। 

विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन्। सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यो पटकको चुनावमा राजनीतिक दलको प्राथमिकतामा परेको छ। तर सडकसँग जोडिने हुम्लीको सपना सपनामै सीमित बनेको छ। 

सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भए पनि त्यो मुद्दामै सीमित हुँदै आएको छ। चौबिस वर्षसम्म पूर्णता पाउन नसक्नु जिल्लाका लागि दुःखद् भएकाले अब कर्णाली करिडोरले चाँडै पूर्णता पाउने बताइरहेका छन्। २०६४ सालदेखि अहिलेको निर्वाचनसम्म दलले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन्।

हरेक चुनावमा हुम्लामा लाग्ने नारा नै सडकको हुन्छ। सडक नारामा आउँछ, व्यवहारमा आउँदैन। विसं २०६४, २०७० साल, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारका मुखमुखमा सडक थियो तर, अझै सडक यातायातले सिमकोटलाई छुन सकेको छैन। 

समय लागे पनि आवाज उठाएकै कारण कर्णाली करिडोरको निर्माण भएको दलहरूको दाबी छ। अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान जाने नेताहरूले बारम्बार दोहोर्‍याउने भनाइ भने नयाँ होइन। करिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ। सरकारले २०५१ सालदेखि हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय बजेटमा राख्दै आएको छ।

कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म एक सय ८४ किलोमिटर छ। यसमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर नेपाली सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक पनि हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अब सिमकोट–सलीसल्ला खण्डको ५० किमी सडकमा दुल्ली कुनादेखि लालिबगरसम्मको ११ किमी बाँकी छ। यो खण्डको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएअनुसार हाल सेनाले काम गर्दै आएको छ। असजिलो चट्टानी क्षेत्र भएका कारण सेनाले डेढ वर्षमा मात्र काम सम्पन्न गर्ने जनाएको छ। 

सडक बनाउन सधैं नेताको आश्वाशन
‘हुम्ला सडक सञ्जनालमा नजोडिदा यहाँका स्थानीयलाई धेरै समस्या छ’, स्थानीय कमल भण्डारीले भने, ‘नेताहरू आएर झुटा आश्वाशन दिन्छन् अनि फर्किन्छन्, उनीहरूको अरू काम नै के छ र <’

उनले थपे, ‘चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यस वर्षभित्र पक्का हुम्लाको मुहार फेरिन्छ, सिमकोट सडकसँग जोडिन्छ। यहाँको गरिबी अन्त्य गर्छौं।’

सडकसँग नजोडिँदा यहाँका नागरिकले राम्रो सुविधासम्पन्न अस्पतालमा जान नपाएर अकालमै ज्यान गुमाउनुपर्छ। बिरामी भएको समयमा हिँडेर जान सकिँदैन। अधिकांश बिरामीले स्टेचरमा उपचार गर्न लैजाँदा बाटोमै अकालमै ज्यान गुमाउनुपरेको सर्केगाड गाउँपालिका–६ का भक्तराज ऐडीले गुनासो पोखे। 

उनले भने, ‘हुम्ला सडक सञ्जालमा जोडिएको छैन, गाउँमा सुत्केरीलगायत अन्य नागरिक जटिल रोग लाग्दा सात/आठ लाख तिरेर हेलिकप्टर रिजर्भ गर्नुपर्छ, तर गरिब निमुखालाई त्यो रुपैयाँ हुँदैन र अकालमै ज्यान गुमाउनुपर्छ।’

यस्तै हुम्लीको जिल्ला बाहिर जाने एक मात्रै हवाई सेवा हुँदा टिकटको सास्ती खेपी रहनुपरेको छ। यहाँ निजी एयरलाइन्सले नियमित उडान नभर्दा टिकटको समस्या हुने गरेको छ। हिउँद याम, दसैं तिहारजस्ता ठूला पर्वमा हवाईजहाजले नियमित उडान नभर्दा सोझा नागरिकले टिकट नपाउने गरेका हुन्। जहाजले उडान भरे पनि पहुँचवालाले मात्रै जिल्ला बाहिर जान पाउने कुरा नयाँ भने होइन। 

हवाईजहाजले प्रायजसो पूर्वमा उडान भर्दा जिल्लामा खाद्यान्न सङ्टक बारम्बार निम्तिने गरेको छ। हिउँदको समयमा बाक्लो हिमापात हुने हुँदा जहाजले उडान भर्न नसक्दा खाद्यान्न सङ्कट चुलिँदै आउने गरेको हो। त्यसैले हुम्लीका लागि सडक एक सपना भएको छ। सदरमुकाम सिमकोट नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । सरकारले भने लक्ष्य प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पुर्‍याउने भन्ने छ। 

उसो त सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको भए पनि अझै सडक छुन सकिरहेको छैन। सडक नै विकासको पहिलो पूर्वाधार हो। त्यही नभएपछि हुम्लामा अरू के विकास पुग्नु? 

यहाँ राजनीतिक दलका नेता मात्रै नभएर हुम्ला पुग्ने प्रदेशका मुख्यमन्त्री, सङ्घीय सरकारका मन्त्री तथा प्रधामन्त्री जिल्ला पुग्दा उनीहरूको सम्बोधन नै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने हुन्छ तर उनीहरूको भाषणमा सीमित हुन्छ भने यहाँका नागरीक सपनामै सीमित हुन्छ। 

सडक नहुँदा महँगी दिनप्रतिदिन बढ्दै गएको छ। सदरमुकाममा यतिबेला दैनिक उपभोग्य वस्तुको मूल्य छोइसक्नु छैन। एक क्यारेट अण्डाको एक हजार एक सय पर्छ। केही समय अगाडि छ सयमा पाउँथ्यो। यस्तै तेल एक पोकाको दुई सय पर्छ, अन्य चिनी, बेसार, सागसब्जी, बोइलर कुखुराको मासु, साबुन, मैदालगायतको मूल्यसमेत आकाशिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
सम्बन्धित सामग्री
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो । शुक्रबार, जेठ १, २०८३
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र २०७९ साल पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी र... सोमबार, फागुन ४, २०८२
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्