काठमाडौं– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० को एक घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। बम पड्किँदा दुईजना घाइते भएका छन्।
घाइते हुनेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता छन्। डिल्ली डिसी (क्षेत्री) र धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो। घटनामा ४ जनाको संलग्नता देखिएको र २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त स्थलमा अन्य बमको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।