फाइल तस्बिर
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले युनाईटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका १६ सदस्यी नेपाली टिम घोषणा गरेको छ।
शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिएको हो। क्यानले यसपटक हरिशंकर साहलाई मौका दिएको छ। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका साहलाई क्यानले मौका दिएको छ।
क्यानले फर्ममा नदेखिएका सागर ढकाल, ललित राजवंशी र गुलशन झालाई पनि समेटेको छ। उनीहरुको प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन हुन सकेको छैन।
नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ। पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।
त्यस्तै टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी,आशिफ शेख, भिम सार्की, आदिल अलाम र अर्जुन साउद पनि अटाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।