काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि उपकस्तान रहेका रोहितकुमार पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त गरेको छ। उनलाई शुक्रबार कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।
एक १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएपछि तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले गत असोजमा निलम्बन गरेको थियो। सन्दीप अहिले पुर्पक्षका लागि थुनामा छन्।
खाली रहेको कप्तानको जिम्मेवारी ब्याट्सम्यान रोहितलाई दिइएको हो।
रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्नेछ ।
पहिलो खेल नोभेम्बर १४, दोस्रो १६ र अन्तिम तथा तेस्रो १८ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।