काठमाडौं– अष्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा भारतलाइर्ए लज्जास्पद हार चखाउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको छ।
भर्खरै सम्पन्न खेलमा भारतमाथि १० विकेटको सहज जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो। अब
भारतका बलरहरूले बिर्सनलायक प्रदर्शन गरेपछि इंग्ल्याण्डले शानदार जित निकालेको हो।
भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले विनाविकेटको क्षतिमा १६ ओभरमै पूरा गर्यो।
ओपनरद्वय एलेक्स हलेस र जोस बटलर दुवैले अविजित रहँदै अर्धसकीय पारी खेलेपछि इंग्ल्याण्डले २४ बल बाँकी छँदै खेल सजिलै जित्यो। हलेसले ४७ बलमा ८६ तथा बटलरले ४९ बलमा ८० रन बनाए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पूरै ओभर खेल्दै ६ विकेट गुमाएर १६८ रन बनाएको थियो।
भारतका लागि हार्दिक पाण्ड्या र विराट कोहलीले अर्धसतकीय पारी खेलेका थिए। पाण्ड्याले ६३ तथा कोहलीले ५० रन बनाए। यस्तै, कप्तान रोहित शर्मा २७ रन जोडेका थिए।
इंग्ल्याण्डका क्रिस जोर्डनले ३, क्रिस वोक्स र आदल रशिदले समान १ विकेट लिएका थिए।
अब इंग्ल्याण्डले उपाधिका लागि नोभेम्बर १३ मा पाकिस्तानसँग खेल्नेछ। न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।