काठमाडौं– आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) भारत र इङ्ल्याण्ड खेल्दैछन्। नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेशका लागि संघर्ष गर्नेछन्।
भारत सुपर–१२ समूह ‘२’ को विजेताको रुपमा सेमिफाइनल पुगेको हो। यस्तै, इङ्ल्याण्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
समूह चरणको खेलामा भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो। भारत दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो।
इङ्ल्याण्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।
आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनल पुगेको हो। फाइनल खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।