काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा बागमती र मधेस प्रदेशबीच कर्णाली प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबीच प्रतिस्पर्धा हुँदैछ।
त्यस्तै, मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्।
समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश १ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।