काठमाडौं– इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियामा जारी प्रतियोगिाअन्तर्गत शनिबार सिड्नीमा शनिबार भएको सुपर १२ को निर्णायक खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो ।
श्रीलंकाले दिएको १४२ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन जोड्दै पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा एलेक्स हालेसले सर्वाधिक ४७, बेन स्टोक्सले अविजित रहँदै ४२, र कप्तान जोस बट्लरले २३ बनाए।
श्रीलंकाका लाहिरू कुमार, धनन्जय डी सिल्भा र वानिन्दू हसरंगा डी सिल्भाले २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले भने भानुका राजपाक्षले २२ तथा कुशल मेन्डिसले १८ रन बनाएका थिए।
इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । यस्तै, बेन स्ट्रोक्स, क्रिस वोक्स, साम कुरान र आदिल रशिदले समान १ विकेट चट्काए।
यस जितसँगै ५ खेलमा ७ अंक जोडेको इंग्ल्याण्डले समूह १ बाट दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
यस समूहबाट यसअघि नै सेमिफानइनलमा पुगिसकेको न्युजिल्याण्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भयो।
इंग्ल्याण्डको जितसँगै साविक विजेतासमेत रहको आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।
श्रीलंकाले इंग्ल्याण्डलाई जितेको भए अष्ट्रेलिया अन्तिम ४ मा पुग्ने थियो। तर, त्यस्तो भएन।
अष्ट्रेलिया समान ७ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दा समूहको तेस्रो स्थानमा मा रहन गयो। यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।