काठमाडौ– आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली आयोजक अष्ट्रेलियाले अफगानिस्तानमाथि ४ रनको जित रोमाञ्चक जित निकालेको छ।
एडिलेटमा शुक्रबार भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले अन्तिम ओभरमा मात्र जित हात पारेको हो।
अष्ट्रेलियाले पहिले ब्याटिङ गदै १ सय ६९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रनमात्र बनाउन सक्यो।
अफगानिस्तानका लागि राशिद खानले अविजित रहँदै ४८ रन बनाए। गुल्बादिन नाइबले ३९ रन जोडे भने रहमानउल्लाह गुरुबाजले ३० रन हासिल गरे। इब्राहिम जर्दानले २६ तथा डार्विस रासोलीले १५ रन बनाए।
अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो। अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले। मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोइनिस र डेभिड वार्नरले समान २५/२५ रन जोडे।
अफगानिस्तानका लागि नभिन उल हकले ३ तथा फजलहक फारुकीले २ विकेट लिए।
सुपर १२ को समूह १ बाट न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेको छ। अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ। अर्को खेलमा दोस्रो स्थानमा रहेको इंग्ल्याण्ड पराजित भएमा भने अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ। समान ५ अंक हुनका बाबजुद रनरेटमा अष्ट्रेलिया पछाडि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।