पोखरा– नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण सिरिजमा नेपाली महिला क्रिकेट टोलीको क्यान–११ च्याम्पियन बनेको छ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम एकदिवसीय खेलमा क्यान–११ ले एमसीसीलाई २ विकेटले पराजित गरेर सिरिज क्लिनस्विप गर्दै च्याम्पियन बनेको हो। क्यान–११ ले टी–२० मा पनि एमसीसीलाई पराजित गरेको थियो।
अन्तिम खेलमा एमसीसीले दिएको १ सय ५६ रनको लक्ष्य क्यान–११ ले ३९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
क्यान–११ का लागि नेरी थापाले सर्वाधिक ५५ रन बनाइन्। ९८ बल खेलेकी नेरीले ५ चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १६ र कविता कुँवरले १८ जोडे। बलिङतर्फ एमसीसीकी अमण्डा पटगियटरले ८ ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिइन। एलिसा हबर्डले ६ ओभरमा २२ रन दिएर २ विकेट आफ्नो नाममा लेखाइन्।
त्यसअघि टस जितेर व्याटिङमा उत्रिएको एमसीसीले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। एमसीसीका लागि ओपनर ग्लेरी टेलोरको अर्धशतकीय पारी खेलिन्। उनले ५५ रन बनाइन्। अमण्डा पटगियटरले अविजित २६ रन, जेन्नीले २५ र रोजर्स १८ रन जोडे।
क्यान–११ का लागि सोनी पाख्रिनले ५ ओभरमा १५ रन दिँदै २ विकेट लिइन्। रुबिनाले २ र नेरीले १ विकेट लिए। नेरी प्लेयर अफ दी म्याच र प्लयेर अफ दी सिरिज दुवै बन्न सफल भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।