काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटुवाललाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
यही कात्तिक ३० गते दशरथ रंगाशालामा आयोजना हुने पाकिस्तानसँगको मैत्रिपूर्ण खेलका लागि कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।