काठमाडौं– नेकपा एमालेले विदेश नीतिका लागि ‘सबैसँग छ मित्रता, छैन कसैसँग शत्रुता’को नारा अवलम्बन गर्ने बताएको छ। मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा एमालेले विदेश नीतिका सन्दर्भमा उक्त नारा उल्लेख गरेको छ।
विदेश सम्बन्ध संचालन गर्दा सार्वभौम समानताको नीति अवलम्बन गरिने पनि एमालेले उल्लेख गरेको छ। छिमेक सम्बन्धलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्ने र राष्ट्रसंघ, क्षेत्रीय तथा बहुपक्षीय संस्था र मंचहरुमा नेपालको हित, स्वाभिमान, प्रतिष्ठा, विश्व शान्ति, मानवता एवं धर्तीको सुरक्षाका पक्षमा दृढतापूर्वक प्रस्तुत हुने पनि एमालेले प्रतिज्ञा गरेको छ।
नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित जुनसुकै देशसित जोडिएका नेपालको सीमाको समान रुपले सुरक्षा गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।