काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैंकर अनिलकेशरी शाहले लाइभ डिबेट गरिरहेका छन्। एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले प्रश्नकर्ताको भूमिका निर्वाह गरिरहेका हुन्।
ओलीसँग प्रश्नकर्ताका रुपमा उपस्थित शाहले आफूले आमजनका तर्फबाट प्रश्न सोध्ने अवसर पाएको बताए। प्रजातन्त्रमा हरेक नेपाली खेलाडि बन्नुपर्ने बताउँदै आफू त्यही भूमिकामा रहेको शाहको भनाइ छ।
उनले कार्यक्रम सञ्चालन गर्नुअघि भने, ‘प्रजातन्त्र भनेको दर्शक मात्रै बन्ने होइन। हरेक नेपाली खेलाडि हो। त्यसो हुँदा यहाँ प्रश्नकर्ताका रुपमा म किन नआउने त?’
उनले सुरुवात नै फरक तरिकाबाट गर्ने एमालेको तरिका मन परेको बताउँदै उनले आमजनका प्रश्नहरुको प्रतिनिधित्व गर्ने बताए।
उनले थपे, ‘सबैले प्रश्न गर्न चाहन्थे। मैले अवसर पाएँ।’ यसअघि नबिल बैंक र मेघा बैंकको सीईओका रुपमा नेतृत्व गरेका उनी अहिले ‘ब्रेक’मा छन्।
एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रमको सञ्चालन भने पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।