काठमाडौं– नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।
होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो। त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थियो।
कार्यक्रमस्थलमा प्रस्तुत भिडिओअनुसार एमालेको घोषणापत्रमा २० हजार शब्द छन्। त्यसमा मुख्य दुई प्रश्न सोधिएको छ। पहिलो, सूर्य चिह्नमा मतदान किन गर्ने? दोस्रो, सूर्य चिह्नबाहेक अन्यत्र किन मतदान नगर्ने?
घोषणापत्रमा २ वर्षमा विद्युत्मा पहुँच हुने जनसंख्या सत प्रतिशत पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।
पढ्नुहोस् घोषणापत्रको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।