रुपन्देही– लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ मा बाँकी रहेका अधुरा योजनाहरु सबै अघि बढाउने प्रतिबद्धता जनाएका छन्। भूसालले यस क्षेत्रमा काम सुरु भएर पनि पूरा नगरिएका योजनाहरु निर्वाचित भएर आएपछि सबैभन्दा पहिला ती योजनाहरु पूरा गर्ने बताएका हुन्।
मंगलबार ओमसतिया गाउँपालिका– ५ पट्खौलीमा लोकतान्त्रिक वाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन गर्ने क्रममा भूसालले क्षेत्रको स्थानीय आवश्यक्ता हेरेर बाटो, बिद्यालय, स्वास्थचौकी लगायत पूर्वाधार निर्माण बताए।
भूसालले भने, ‘रुपन्देही क्षेत्र नम्बर १ को तल्लो भेगमा विद्यालय र स्वास्थ्यचौकीको अवस्था अझै कमजोर रहेको छ। त्यसैले ती ठाउँहरुको अवस्था र जनसंख्या हेरेर स्वास्थचौकी, विद्यालय लगायत आवश्यक्ता हेर्दै पूर्वाधार निर्माण गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।