काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा प्रदेश १ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बिहान ९:३० बजेदेखि सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खाेजीमा हुनेछन्। पहिलो खेलमा दुवै टोली विभागीय क्लब नेपाल पुलिससँग पराजित भएका थिए।
त्यस्तै, मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। एपीएफ सुदूरपश्चिमलाई हराएर दोस्रो जित दर्ता गर्ने प्रयासमा हुनेछ। सुदूरपश्चिम प्रदेश भने पहिलो जितको खोजीमा हुनेछ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्।
समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश १ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।