काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्। पुलिसले बागमती प्रदेश र एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।