• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२ Fri, Jun 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
प्रधानमन्त्री कप क्रिकेट: एपीएफ र पुलिसको विजयी सुरुवात
64x64
नेपाल लाइभ आइतबार, कात्तिक १३, २०७९  १८:१०
1140x725

काठमाडौं– आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोलीद्वय एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकालेको हो। यस्तै, पुलिसले बागमती प्रदेशमाथि १९२ रनको फराकिलो जित निकाल्यो। 

एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो। ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रन बनाए। यस्तै, पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रन बनाए। 

२ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले तेस्रो विकेटसम्म १४२ रन बनाएको थियो। त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन्। आर्मीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपीएफका लागि अमर रौटेलालले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए भने किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन जोडेको थियो। एपीएफका  लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाएश्र अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए। लोकेश बम शून्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए। 

एपीएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे। कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे। 

आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए। विक्रमले ७.४ ओभरमा २३ रन खर्चिएका थिए। यस्तै, साहब आलम र कुशल मल्लले २/२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १/१ विकेट निकाले।

आइतबार नै सम्पन्न अर्को खेलमा पुलिसले बागमतीलाई ९७ रनमा रोक्यो। २९० रनको लक्ष्य पछ्याएको बागमती २८ ओभरमै अलआउट भएको थियो। 

Ncell 2
Ncell 2

मूलपानी क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको बागमतीका लागि इशान पाण्डेले बनाएको २४ रन नै सर्वाधिक रह्यो। रामनरेश गिरीले २२ तथा प्रतिष जिसीले १४ रन बनाउँदा नन्दन यादव १० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमै पभेलियन फर्किए। पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। करण केसी, गुलसन झा र सागर ढकालले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १०८ रनको शतकीय इनिङ खेले। उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए। योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए। पवन सर्राफ १५ रनमा अविजित रहँदा दिलीप नाथले अविजित १२ रन जोडे। 

बागमतीका नन्दन यादवले २ विकेट लिए। रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले नाममा १/१ विकेट लिए। 

जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ। 

प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ भने मूलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ। 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण
दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री ओली द्वारा खुसी व्यक्त
सम्बन्धित सामग्री
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेदरल्यान्डस दोस्रो स्थानमा... शुक्रबार, असार ६, २०८२
कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९ दशमलव ४ ओभरमा १८० रन बनाउँदै जित दर्ता गर्‍यो । जारी सिरिजमा यो... बिहीबार, असार ५, २०८२
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रनको सम्मानजनक स्कोर बनायो । बिहीबार, असार ५, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु शुक्रबार, असार ६, २०८२
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण शुक्रबार, असार ६, २०८२
दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री ओली द्वारा खुसी व्यक्त शुक्रबार, असार ६, २०८२
सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? शुक्रबार, असार ६, २०८२
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्