काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ। आफ्नो तेस्रो खेलमा पाकिस्तानले आइतबार द नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो।
द नेदरल्यान्ड्सले दिएको ९२ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाए। यस्तै, फखर जमानले २० र शान मसूदले १२ रन बनाए।
द नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले २ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो। उसका कोलिन एकरम्यानले २७ रन बनाए।
बलिङतर्फ पाकिस्तानका शदाब खानले ३ र मोहम्मद वसिमले २ विकेट लिए ।
३ खेल खेलको पाकिस्तान द नेदरल्याण्ड्ससँगको जितपछि २ अंकसहित समूह ‘२’ को तालिकाको पाँचौं स्थानमा छ। उति नै खेल खेलेको द नेदरल्यान्ड्स भने अङ्कविहीन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।