• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गृहमन्त्री खाणको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको आश्वासन: मर्चवारदेखि मुस्ताङसम्म सडक, सुनौलीसम्म मेट्रो ट्रेन

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १३, २०७९  १६:३०
1140x725

भैरहवा– गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा ५ दलीय सत्ता गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्त्वका योजना अगाडि सारेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले तयार पारेको संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा महत्वपूर्ण योजनाहरु समावेस गरिएको छ। 

निर्वाचन क्षेत्र, जिल्ला, छिमेकी जिल्लाहरुको मात्रै नभइ सिंगो मुलुकको विकासमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने भनिएका योजनाहरु समावेश गरेर गठबन्धनले आइतबार भैरहवामा आयोजित एक कार्यक्रमका बीच संकल्पपत्र सार्वजनिक गरेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार छन्। यस्तै, प्रदेश सभा (१) मा लोसपाका नेता सन्तोषकुमार पाण्डेय र (२) मा कांग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन्। 

गठबन्धनको संकल्प पत्रमा ‘मर्चवारदेखि मुस्ताङसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशीघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाईभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने जस्ता विषयवस्तु समावेश गरिएको छ।

यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशिघ्र डीपीआर तयार गरी निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम पनि संकल्पपत्रमा समावेश छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, बुद्ध परिक्रमा सडकको दुबैतिर नालिसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमूना औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने, स्थानीय बासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने, वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको संकल्प छ।

यस्तै, यस क्षेत्रभित्र रहेका पालिकाबाट निस्केका फोहरहरूको उन्नत अत्याधुनिक प्लान्ट मार्फत् उर्जा, मल तथा अन्य कच्चा पदार्थ समेत उत्पादनको व्यवस्था गर्ने, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थानान्तरण गर्ने र कारागारभित्र रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योग, शारीरिक व्यायाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, बर्दघाटदेखि कृष्णनगरसम्मका क्षेत्रलाई सुव्यवस्थित सहरीकरण गरी विकास गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा ल्याएर व्यवस्थित गर्ने, यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, नेपालकै मत्स्य गाउँका रूपमा विकास हुँदै गएको दयानगर–छपिया, अमुवा, मानपकडी, मानमटेरिया, हर्नैया, मैनहिया क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी ‘नमूना कृषि पर्यटन’ का रूपमा विकास गर्ने योजना गठबन्धनले समावेस गरेको छ।

पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शय्याको आधारभूत अस्पताल यथाशीध्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गर्ने विषय पनि संकल्पपत्रमा समेटिएका छन्। 

पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने योजना संकल्पपत्रमा उल्लेख छ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले आफूहरुले पूरा गर्न सकिने योजना मात्रै समावेस गरिएको जनाए। ‘हामीले अघि सारेका योजनाले सिंगो रुपन्देहीको मात्रै नभइ समग्र मुलुकको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं’, उनले भने, ‘यी योजना कार्यान्वयन गरेरै छाड्छौं। यसले जिल्लाको बृहत्तर विकास गर्छ।’ 

उनले संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ तथा मुलुकको विकास र समृद्धिका लागि गठबन्धन गरिएको बताए । क्षेत्र नम्बर ३ (१) का उम्मेदवार पाण्डेय र (२) का उम्मेदवार ढकालले गठबन्धनले नै मुलुकको हितमा काम गर्ने भएकाले सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। 

राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार मोजिव ओलीले आफूले प्रतिनिधिसभातर्फ गृहमन्त्री खाणलाई समर्थन गरेको जनाउँदै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरे।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १६:३०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्