काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज (आइतबार) देखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदैछन्।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ। उद्घाटन खेल केही बेरमा सुरु हुनेछ।
पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र वागमती प्रदेशबीच खेल हुनेछ। यो खेल पनि केही बेरमा सुरु हुने बताइएको छ। कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।
समूह ए मा नेपाल एपीएफ, त्रिभूवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ। समूह बी मा नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।